भीरकाेटकाे गडहरे गुफा नयाँ पर्यटकीय गन्तव्य

समाधान संवाददाता २०७६ असार २७ गते ११:५३

समाधान संवाददाता, स्याङ्जा

भीरकोट नगरपालिका ८ ओकादीस्थित गडहरे गुफा पर्यटकको नयाँ गन्तब्य बनेको छ । २५ वर्षदेखि स्थानीयले संरक्षण गर्दै आएको गुफा आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । गाई चराउने क्रममा वर्षाको भेलले गाई बगाएको र गाई खोज्ने क्रममा गुफा देखेको स्थानीय पर्शुराम गुरुङले बताए ।

गाई भेलले बगाउन भन्दा पहिले दाउरा चिर्न जाने क्रममा बन्चरो खसेकाले खोज्ने क्रममा गुफा फेला परेको बताउँदै गुरुङले बन्चरो खस्यो र लिन जादा गुफा भेटाए भन्ने कुरा कसैले विश्वास नगरेपनि गाई खसेपछि मात्र बल्ल सबैले गुफा रहेछ भन्ने विश्वास बढेको उल्लेख गरे ।

Advertisement

करिब ७ किलोमिटर लामो हिँड्दासमेत गुफाको आकार र क्षेत्र कहाँसम्म हो भन्ने पत्तै लाग्न नसकेको स्थानीय खेम गुरुङले बताए । गडहरे गुफा एसियाको मात्रै नभई विश्वकै लामो रहेको भीरकोट नगरपालिका प्रमुख छायाँराम खनालको अनुमान छ ।

गुफाभित्र १ ताल पनि रहेको बताउँदै खनालले बाटो कहि सजिलो छ भने कहि अप्ठ्यारो, कहिकत्तै त बसेर मात्रै हिड्नु परे पनि ठाउँ भने फराकिलो रहेको बताए । गुफाभित्र चुनढुंगा, चराचुरुगी, मिलेको आकार देख्न सकिने खनालले जानकारी दिए । द्वन्द्वकालमा माओवादी बस्ने ठाउँ बनेको बताउँदै खनालले सोही समयमा गुफाले गति लिएको अनुमान गरिएको छ ।

Advertisement

खनालले गुफाभित्र २ किलोमिटर हिँडेपछि भित्तामा नेकपा जनयुद्ध जिन्दावाद लेखिएको भेटाइएकाले तत्कालिन समयमा माओवादी गुफाभित्र बसेको अनुमान गर्न सकिन्छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले विना जानकारी प्रवेश रोक लगाउने, गाइडको व्यवस्था गर्ने र गुफा अवलोकन गर्नेको अभिलेख राखिने साथै सुरक्षाकोसमेत व्यवस्था गरिने बताए ।

तपाईको प्रतिक्रिया