त्रिभुवन विमानस्थलकाे धावनमार्गमा यति एयरको जहाज चिप्लियो, उडान-अवतरण बन्द
समाधान संवाददाता
२०७६ असार २७ गते १२:१४

समाधान संवाददाता, काठमाडाैं
नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हाे ।
जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए ।विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ ।
धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ ।
प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए ।
सम्बन्धित








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया