प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

समाधान संवाददाता २०७६ असार २७ गते १३:२२
sf:sL, @^ c;f/ -/f;;_M /]k|mLnfO{ an x:tfGt/0f u08sL k|b]z:t/Lo !! cf}F /fi6«klt /lgª lzN8 k|ltof]lutfdf /]k|mLnfO{ an x:tfGt/0f u/L elnan v]nsf] pb3f6g ub}{ d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/ M s[i0f bjf8L

समाधान संवाददाता
पोखरा

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा गण्डकी प्रदेशस्तरीय ११ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी ९ सय १३ जना खेलाडी सहभागी छन् । १ सय ३२ जना निर्णायक तथा अफिसियल गरी कुल १ हजार ४५ जनाको प्रतियोगितामा सहभागिता छ ।

Advertisement

छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा एथलेटिक्स, छात्र÷छात्रा कबडी, छात्र÷छात्रा उस्सु, छात्र÷छात्रा कराँते र छात्र÷छात्रा तेक्वान्दो विधामा खेलाडीले भाग लिनेछन् ।

एथलेटिक्सतर्फ १५ सय मिटर छात्र मनीष गुरुङ र छात्रामा जानकी खराल, सय मिटर छात्रमा सुदीप जोशी कास्की र छात्रामा अनिशा भण्डारी ४ सय मिटर छात्रमा विवेक अधिकारी र छात्रामा कल्पना श्रेष्ठ छनोट भएका छन् । हाइजम्पतर्फ सागर नेपाली कास्की, छात्रामा सबिना खानु र रिले दौडमा छात्रमा सुजित गुरुङ, छात्रामा सोनु नेपाली छनोट भएका छन् । अन्य खेलको छनोट शुक्रबार हुनेछ ।

Advertisement

प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार र रनिङ सिल्ड, दोस्रो हुने जिल्लालाई १५ हजारका साथमा ट्रफी र तेस्रो हुने जिल्लालाई १० हजार र ट्रफीसहित पुरस्कार छ ।

विधागत खेलमा प्रथम द्वितीय र तृतीय हुने जिल्लालाई ट्रफी, मेडल र प्रमाणपत्र छ । प्रतियोगितामा भलिबल, कबि, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उस्सु खेलका विभिन्न इभेन्टस तथा तौल समूह गरी ४८ स्वर्ण, ४८ रजत र ६० कास्यसहित कुल १ सय ५६ पदकमा प्रतिस्पर्धा हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका धेरै जसो क्षेत्रमा संघीयता आइसक्दासमेत खेलकुदमा संघीयता आउन नसकेको बताए । गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्र संघीयतामा गएमा प्रत्येक जिल्लामा खेलमैदान बनाउने योजना अगाडि बढाउने धारणा राखे । गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउने बताए । उनले यसका लागि सरकार अगाडि बढ्ने बताए । उनले सरकारले केही खेलहरुलाई व्यावसायिक बनाउन लागेको बताए ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासका लागि खेलकुद एकेडेमी स्थापना गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिइन् । उनले केही विद्यालयलाई छनोट गरेर खेलकुदको विषेश प्रशिक्षण दिने जानकारी दिइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले संघीयता आइसक्दासमेत खेलाडी तथा प्रशिक्षकको जीवनमा परिर्वतन आउन नसकेको उल्लेख गरे ।

उनले खेल क्षेत्रबाट अगाडि बढ्न चाहनेलाई अवसर नभएको बताए । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी यही असार २९, ३० र ३१ गते काठमाडौंमा हुने केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया