४३ केजी चरेससहित ७० वर्षीया वृद्धा पक्राउ
समाधान संवाददाता
२०७६ असार ३१ गते १२:१३
चितवनमा लागुऔषध चरेससहित एक ७० वर्षिया वृद्धा पक्राउ परेकी छिन् ।
इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८:२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् ।
बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया