अचानक मेयर अनुगमनमा निस्किएपछि

समाधान संवाददाता २०७६ साउन १ गते १२:३९

समाधान संवाददाता, पाेखरा

कार्यालयमा मसान्तको चटारोमा कर्मचारी कुदिरहेका थिए, निर्धारित समयमा काम नसक्ने उपभोक्ता समिती भुक्तानिको लागी म्याद थपिदिन वडाबाट सिफारिस बोकेर महानगर आइरहेका थिए । तर कामको आधारमा भुक्तानी गर्ने र म्याद थप नगरी समयमा काम नसक्ने निर्माण कम्पनिलाई अघिल्लो सालबाटै कार्वाही सुरु गरेका पोखरा महानगरका मेयर मानबहादुर जिसिले भने समयमा काम नसक्ने र अन्तिम दिन आउनेलाई कामको आधारमा मात्र भुक्तानी दिने अडान सहित कामको मुल्यांकन र अनुगमन गर्ने भन्दै इन्जिनियर सहित अनुगमनमा निस्किए ।

वडा न ४ का दुइ योजना समयमा नसकेको पाए पछि वडा न १ को सडक निर्माणको काम अनुगमन गर्दै मेयर जिसि वडा न १६ को योजनाको अनुगमनमा निस्किए । वडा न १६ को महेन्द्र गुफा जोगिमणी सडक निर्माणको गुणस्तर कायम राख्न चेतावनी दिदै मेयर जिसि वडा न १९ का समय अवधिमा नसकिएको लामाचौर हवल्दारको चौतारादेखी अकला मन्दिर तर्फ जाने सडक निर्माणको ढिलाइको अवलोकनमा पुगे । साथै सार्वजनिक शौचालय निर्माण,सडक निर्माण लगाएतका आयोजनाको अनुगमन गरेका थिए ।

Advertisement

स्थानिय उपभोक्ता समितिहरु खबर बिनै अनुगमन भएको भन्दै कानाखुसी गर्दै कहिकतै आक्रोशित समेत देखिएका थिए । मेयर मान बहादुर जिसिले समयमा काम नसक्ने र गुणस्तर बिनाको योजनाको भुक्तानी नहुने बताउदै अब समयमा काम नसक्ने निर्माण कम्पनिलाइ मात्र होइन उपभोक्ता समितिलाइ पनि कार्वाही गर्ने र गुणस्तरमा कुनै सम्झौता नहुँने अडान लिदै आफै अनुगमनमा निस्किएका थिए । साथै मेयर जिसिले आफ्ना अगाडी भएका बन्दै गरेका योजनाको अनुगमन गरि सुझाव दिन स्थानियलाइ आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया