प्रविधि पछ्याउदै मुस्ताङका किसान

समाधान संवाददाता २०७६ साउन १ गते १४:१५

घरपझोङ गाउपालिकाका किसानहरुलाई कृषि हाते ट्रयाक्टर बितरण गर्दै गाउँपालिका

समाधान संवाददाता, मुस्ताङ

विगत एक वर्षअघि देखि मुस्ताङका किसानले प्रविधिमैत्री हाते ट्रयाक्टर पछ्याई रहेका छन् । विगतमा परम्परागत गोरु÷झोपा मार्फत खेतीबारी खनजोत गरिदा जनशक्तिका साथै समय समेत बढी खर्च हुने भएकोले मुस्ताङमा कृषि आधुनिक प्रविधि हाते ट्रयाक्टरको माग बढेको हो ।

Advertisement

जिल्लामा पहिलोपल्ट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि हाते
ट्रयाक्टर द्धारा खेतबारी खनजोत गर्न थालिएको हो । संघीयतापछि मुस्ताङका पालिकाहरुले यहाका किसानहरुलाई बर्सेनि अनुदानमा हाते ट्रयाक्टर तथा कृषिसंग सम्वन्धित औजारहरु वितरण गर्दै आईरहेको छ । पालिकाहरुले अनुदानमा कृषि आधुनिकीकरण प्रविधि औजार उपलब्ध गरेपछि सदियौ देखिको परम्परागत गोरु ÷झोपा संकटमा पर्न थालेका छन् ।

मुस्ताङको घरपझोङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाले जिल्लाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर र घास काट्ने मेशिन बितरण गरेका हुन् । स्थानीयतहको चालु वर्षको बिनियोजित मागमा आधारित साझेदारी कार्यक्रम अन्तर्गत आधुनिक कृषि औजार बितरण गरिएको पालिकाहरुले जनाएका छन् ।

Advertisement

घरपझोङ गाउपालिकाले १३ लाख ५० हजारको ३० थान हाते ट्रयाक्टर र १ लाख ५८ हजारको ८ थान घास काट्ने मेशिन बितरण गरेको हो । यस्तै , लोघेकर दामोदरकुण्ड गाउपालिकाले करिव ५ लाख बराबरको ९ थान हाते ट्रयाक्टर र ५ थान घास काट्ने मेशिन बितरण गरेको हो ।

घरपझोङमा अध्यक्ष आशबहादुर थकाली र लोघेकरमा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले किसानहरुलाई हाते ट्रयाक्टर र घास काट्ने मेशिन हस्तान्तरण गरे । अध्यक्ष आशबहादुर थकालीले कृषि आधुनिक प्रविधिले कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने बताए । धार्मिक तथा पर्यटकीय जिल्लामा बिस्तारै खेतबारी बाझो रहने क्रम बढेको उल्लेख गर्दै अध्यक्ष थकाली कृषि प्रविधिको बिकासले कृषकहरुको समय र कम जनशक्तिले पनि खेती गर्न सकिने जनाए । लोघेकरका अर्का अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले अधिक संम्भावना भएको मुस्ताङमा कृषि प्रविधिले कृषकहरुलाई उत्साही तुल्याएको बताए । उनले जनताले तिरेको राजश्व जनताकै हितका लागि खर्च गरिएकाले यसको उद्देश्यतर्फ लाग्न किसानलाई आग्रह गरे ।

छिटो छरितो र सहज रुपमा खेतबारी जोत्न सकिने हुनाले हाते ट्रयाक्टर माग बढी भएको घरपझोङकी कृषि शाखा प्रमुख बिष्णु भट्टराई बताईन् । उनका अनुसार स्याउ , खुर्पानी ,चिली र आरु लगायतका बोट नजिक पनि सजिलै खनजोत गर्न मिल्ने भएकाले हाते
ट्रयाक्टर उपयोगी भएको उल्लेख गरिन् । मुस्ताङका ५ वटै स्थानीय तहमा हाते
ट्रयाक्टर मार्फत खेतबारी खनजोत गर्न थालिएको स्थानीय किसान सागर शेरचनले जानकारी दिए । उनले घास काट्ने औजारले उवा र जौ समेत काट्न सजिलो भएको बताए ।

तपाईको प्रतिक्रिया