जनचेतना र स्नोल्यान्ड च्याम्पियन

समाधान संवाददाता २०७६ साउन १ गते १५:०२

समाधान संवाददाता
मुस्ताङ

प्रथम जिग्मे मेमोरियल कप २०७६ अन्तर्गत भलिबल र फुटबल प्रतियोगितामा जनचेतना युथ क्लब ढाक्मर र स्नोल्यान्ड युथ क्लब फुवा च्याम्पियन बनेका बनेका छन् । उपल्लो मुस्ताङको मराङ खेल मैदानमा सोमबार भएको भलिबल फाइनलमा जनचेतनाले उदयश्रीलाई र फुटबलतर्फ स्नोल्यान्डले जनचेतनालाई हराए ।

मुस्ताङी पूर्व राजा जिग्मे पलवर बिष्टको वार्षिक पुण्य स्मृतिमा प्रतियोगिता भएको हो । उपल्लो मुस्ताङी युवाको क्षमता वृद्धि र खेल पर्यटनको विकास गर्ने उद्देश्यले मराङ युथ क्लबले प्रतियोगिता गरेका हुन् । प्रतियोगितालाई हिमालय जिग्मे फाउन्डेसनको आर्थिक तथा भौतिक सहयोग गरेको छ ।

Advertisement

यसअघि भएको भलिबलतर्फको सेमीफाइनल खेलमा थुक्सुङ्पा युथ क्लब घमी भर्सेस जनचेतना युथ क्लब र लोघेकर दामोदरकुण्ड युथ क्लब मराङ भर्सेस उदय श्री युथ क्लब घिलिङ आमनेसामने भएका थिए । फुटबलतर्फको सेमीफाइनलमा जनचेतना युथ क्लब ढाक्मर भर्सेस लोघेकर दामोदरकुण्ड युथ क्लब मराङ र माउन्टेन पासाङ युथ क्लब ठिङ्गर भर्सेस स्नोल्यान्ड युथ क्लब फुवा आमनेसामने भएका थिए ।

भलिबलतर्फको च्याम्पियन जनचेतना युथले नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पायो । उपविजेता उदयश्रीले नगद २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्रमा चिक्त बुझायो । फुटबलतर्फको च्याम्पियन स्नोल्यान्ड युथले नगद नगद ७५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पायो । उपविजेता जनचेतनाले नगद ५० सहित सिल्ड ,मेडल र प्रमाणपत्र पायो ।

Advertisement

प्रतियोगिताको सर्वाेत्कृष्ट भलिबल प्लेयरमा उदयश्रीका लाक्पा ग्याल्जेन गुरुङ र फुटबलतर्फ सर्वाेत्कृष्ट प्लेयर जनचेतनाका टसी वाङ्गेल गुरुङ भए । उनीले पनि मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगिताका विजेता, उपविजेता र सर्वाेत्कष्ट प्लेयरलाई गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्ट, लोघकेर दामोदरकुण्ड उपाध्यक्ष लोप्साङ छोम्फेल विष्ट र समाजसेवी माया विष्टले पुरस्कार हस्तान्तरण गरे । प्रदेश सांसद विष्टले खेलकुद क्षेत्रको विकाबाट समृद्धि हासिल गर्न सकिने बताए । उनले विश्वका खेलाडीलाई मुस्ताङ भिœयाउन प्रदेशले हाइ अल्टिच्युड तालिम केन्द्रको अवधारणा ल्याएको बताए ।

११ टिमको सहभागिता रहेको कार्यक्रममा रस्सी तान्ने खेल र विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएका थिए ।

तपाईको प्रतिक्रिया