पोखरा विश्वविद्यालय २३ औं वर्षमा

समाधान संवाददाता २०७६ साउन २ गते ११:३५

समाधान संवाददाता
पोखरा

पोखरा विश्वविद्यालय २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा विश्वविद्यालयले १ नम्बर प्रदेशमा १, ३ नम्बर प्रदेशमा ३८, ४ नम्बर प्रदेशमा १०, ५ नम्बर प्रदेशमा १३ र ७ नम्बर प्रदेशमा ४ वटा गरी ६६ वटा महाविद्यालयहरू सञ्चालन गरेको छ । पोविविका ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक तथा ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयमा ६२ वटा कार्यक्रमहरू सञ्चाल भएको पोविविका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । विश्वविद्यालयमा हाल ३२ हजारभन्दा बढी विद्यार्थी छन् ।

पोखरा विश्वविद्यालयका शिक्षा पद्धति तथा कार्यक्रम समय सापेक्ष र रोजगारीमुखी भएकाले देशका लागि आवश्यक जनशक्ति पनि आपूर्ति भएको विश्वविद्यालयले जनाएको छ । बर्सेनि १ हजार भन्दा बढी विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिने १ मात्र विश्वविद्यालय भएको पोविविको दाबी छ ।

Advertisement

राम्रा र स्तरीय कार्यक्रम, छात्रवृत्ति अवसर, दक्षजनशक्ति उत्पादन लगायत सकारात्मक उल्लेख्य गतिविधि भए केही वर्षदेखि बेथिति र अराजकताले प्रश्रय पाएको भन्दै पोविवि प्रशासनले चिन्ता व्यक्त गरेको छ । सूचना अधिकारी ढकालले भने, ‘यसको मूल जरो भनेको चरम राजनीति नै हो, अध्ययन अध्यापनलाई भन्दा शक्ति र पदको लिगलिगे दौडमा रहने मानसिकताले विश्वविद्यालयको छवि धमिलिएको छ ।’

‘विश्वविद्यालयमा हुने राजनीति सधैंका लागि अन्त्य गरी विश्वविद्यालयलाई बन्द मुक्त र विशुद्ध शैक्षिक केन्द्रको रूपमा हाँक्ने नेतृत्व विश्वविद्यालयले खोजिरहेको छ,’ सूचना अधिकारी ढकालले भने ।

Advertisement

तपाईको प्रतिक्रिया