मुस्ताङमा हक्की

समाधान संवाददाता २०७६ साउन २ गते ११:५४

समाधान संवाददाता
मुस्ताङ

समुन्द्री सतहदेखि ५ हजार १९ मिटर उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छ्ङ्गुर पाखोमा मंगलबार हक्की खेल भएको छ । घरपझोङ गाउँपालिका ४ मा अवस्थित जनहित माध्यमिक विद्यालयमा पनि बुधबार हक्की खेलिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै हक्की खेलको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यसहित इङल्यान्डका ३१ हक्की खेलाडीको टोली मुस्ताङ आएको छ । उनीहरुको पथप्रर्दशक, व्यवस्थापन र समन्वयमा नरबा ट्रेक एन्ड एक्सप्रेसनका खड्गबहादुर पन्त, राजेन्द्र पन्त र कमल गौतम खटिएका छन् ।

Advertisement

हाईअल्टिच्युडमा हक्की अभ्यास र यसको सम्भाव्यता अध्ययनका लागि एडभेन्चर लाइभ साइन्स यूके र नरबा ट्रेक एन्ड एक्प्रेसनले कार्यक्रम आयोजना गरेका हुन् । डेबी ग्रेग्सनसहितको टोली मुस्ताङ आएको हो । टोलीमा हक्की फर हिरोज हक्कीका १४ खेलाडी र लिंकन मिनिस्टर स्कुलका १७ हक्की खेलाडी छन् । हक्की टिचरमा हक्की फर हिरोज क्लबका जो फोरेस्टर र लिंकनका टोम इप्स र रिचर्ड इस्टन छन् ।

गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्युड तालिम केन्द्रको पूर्वाधार बनाउनका लागि डिपिआर गर्न बजेट विनियोजन गरेको छ । टोलीले मुस्ताङमा हक्कीको अनुभव समेत लिएको एडभेन्चर लाइभ साइन्सका इन्चार्ज डेबी गे्रग्सनले बताए । उनले जोमसोममा विद्यालयका विद्यार्थीलाई पनि हक्कीको अभ्यास गराएको जानकारी दिए ।
टोलीले मुस्ताङपछि पोखरामा अभ्यास र प्रर्वद्धनात्मक कार्यक्रम गर्ने जनाएको छ । यसअघि टोलीले जोमसोमको जनहित माविलाई हक्की स्टिक, हक्की बल, हक्की नेट र जर्सी वितरण गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

हक्की१५÷१५ मिनेटमा ४ पटक गरी १ घण्टा खेलाइन्छ । हक्की स्टिकको सहयोगमा बललाई बारमा छिराइने फुटबल जस्तै खेल हो । यसमा प्रत्येक टिममा ११ जना खेलाडी हुन्छन् । हक्की खेलको विश्व वरियतामा नेपाल ८६ औं स्थानमा छ । वरियताको पहिलोमा अस्ट्रेलिया, दोस्रो बेल्जियम, तेस्रोमा नेदरल्यान्ड, चौथो अर्जेन्टिना र पाँचांमा भारत छन् ।

तपाईको प्रतिक्रिया