बुढो बनाउने ‘फेसएप’ एकदिनमै १० करोड डाउनलोड

समाधान संवाददाता २०७६ साउन २ गते १४:३४

समाधान संवाददाता
पोखरा

मानिस जन्मजात नै जिज्ञासु प्राणी हो । उसलाई आफ्नो उमेर, अनुहारको रङ देखिने आकारको बारेमा ६० वर्षपछि कस्तो देखिन्छौ भन्दा सम्भव होला त बताउन? तर, सूचना प्रविधिको विकास र विस्तारसँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने तस्बिर निकालिदिने एप्लिकेसन फेसएप ले संसारभर तरंग ल्याइदिएको छ ।

फेस एप नामक उक्त एप्लिकेसन सार्वजनिक भएको केही घन्टामै मानिसहरुले आफ्नो बुढ्यौलीपनको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । उनीहरुले आफ्नो तस्बिरलाई फेसबुक, ट्विटर लगायतमा राखेर खुसी बाँडिरहेका छन् । ३.४.८ अपडेट एन्ड्रोइड भर्सनको यो एप १ दिनमै १० करोडभन्दा बढी पटक डाउनलोड भएको छ । यो एप १४ फेब्रुअरी सन् २०१७ मा पहिलोपटक सार्वजनिक भएको थियो ।

Advertisement

आर्टिफिसियल इन्टेलिजेन्टस् (एआइ) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप वाइरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो । यसका संस्थापक रसियन नागरिक यारोसलाभ गोन्चारोच हुन् ।

यो कम्पनीले ४ प्रकारको फिचर्स ल्याएको छ । पहिलो ‘ब्युटिफुल स्माइल’, दोस्रो युवा अवस्था वा बुढ्यौलीपन, तेस्रो ‘जेन्डर स्वाप्स’ र चौथो ‘इम्पु्रभ योर सेल्फी विद कुल स्टाइल फिल्टर्स’ ।

Advertisement

यो एपलाई ३ तरिकाले प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । यो कम्पनी स्थापना भएको २ वर्ष भइसक्यो तर उसले भर्खरै एउटा नयाँ फिल्टरमार्फत उमेरलाई अद्यावधिक गरेको छ । जसले विश्वभर प्रविधिलाई नयाँ उचाइमा पुर्‍याइदिएको छ ।

फेस एपमार्फत संसारभरका मानिसहरु आफू बुढो हुँदाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । खासगरी विश्वभरका चर्चित कलाकार, खेलाडीमात्र होइन सर्वसाधारणले समेत यसलाई डाउनलोड गरेर आफ्नो कपालको रङ, अनुहारको छाला लगायत विषयमा चासो देखाउँदै सामाजिक सञ्जालमा तस्बिरहरु राखिरहेका छन् ।

फेसएप नचलाउन आग्रह
प्रविधि विशेषज्ञहरुले ‘फेसएप’ असुरक्षित रहेको बताएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ। एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ। यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ। विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्।’

तपाईको प्रतिक्रिया