राष्ट्रिय पहिचान बनायो तीब्रेकोट वनले

समाधान संवाददाता २०७६ साउन ३ गते १२:२८

समाधान संवाददाता, पोखरा

Advertisement

गणेशमान सिंह राष्ट्रिय सामुदायिक वन पुरस्कार घोषणा तथा वितरण समारोहमा हेमजास्थित तीब्रेकोट सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ । समूहलाई प्रमाण पत्र दोसल्ला र नगद ५० हजार रुपैयाँबाट सम्मान गरिएको हो ।

समूहले वन क्षेत्रमा जैविक विविधता संरक्षण, वन व्यवस्थापन, विरुवा उत्पादन, रोपण तथा वितरण, वन क्षेत्रमा पार्क निर्माण, साथै विभिन्न समूहमा संस्थागत विकास तालिम सञ्चालन गर्दै समूहलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको आधारमा समूहलाई पुरस्कृत गरिएको थियो । राष्ट्रिय पुरस्कारबाट मोरङको हरियाली सामूदायिक वन उपभोक्ता समूह प्रथम र नवलपुरको घुसेरी सामुदायिक वन समूह द्वितीय भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया