नेकपा कास्कीले जनप्रतिनिधिलाई लेबी तोक्यो

समाधान संवाददाता
पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि मासिक लेबी तोकको छ । जनप्रतिनिधिको तह अनुसार मासिक पारिश्रमिकको ५ देखि १० प्रतिशतसम्म लेबी तोकिएको हो । नेकपा जिल्ला कमिटी कास्कीका कार्यालय सदस्य तथा गण्डकी प्रदेशसभाका सदस्य प्रभा कोइरालाका अनुसार स्थानीय तहका वडा सदस्यको लागि मासिक पारिश्रमिकको ५ प्रतिशत लेबी तोकिएको छ ।
पार्टीले संघीय मन्त्री, संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख उपप्रमुख, जिल्ला समन्वय सदस्य, महानगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यका लागि राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई मासिक पारिश्रमिकको १० प्रतिशतका दरले लेबी तोकेको छ ।
नेकपा जिल्ला कमिटी कास्कीको बैठकले जनप्रतिनिधिको लागि लेबी निर्धारण गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१ औं स्मृति दिवस २०७६ साउन ६ देखि ९ गतेसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
पार्टी जिल्ला कमिटीको आयोजना तथा युवा संघ नेपाल कास्कीको व्यवस्थापनमा साउन ६ गते बिहान पृथ्वीचोकमा खुला रक्तदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला कमिटी कास्कीका सदस्य दामोदर बैरागीले बताए ।
पार्टी जिल्ला कमिटीको आयोजना र वडा कमिटी पोखरा ७ तथा पुष्पलाल स्मृति पार्क व्यवस्थापन समितिको व्यवस्थापनमा साउन ७ गते मासबारस्थित पुष्पलाल पार्कको सरसफाई तथा पुष्पलालको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ । नेकपा जिल्ला कमिटी कास्कीले साउन ७ गते दिउँसो नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल विषयक गोष्ठी गर्ने भएको छ ।
जिल्ला कमिटीको आयोजना र नेपाल राष्ट्रिय वाणिज्य संघको संयोजन तथा व्यवस्थापनमा साउन ७ देखि ९ गतेसम्म ब्याडमिन्टन प्रतियोगिता गर्ने तयारी गरिएको छ । नेकपा कास्कीले पार्टी सदस्यहरु हरेकलाई पुष्पलाल स्मृतिमा २ वटा फल र फूलका बिरुवा अनिवार्य रुपमा रोप्न निर्देशन गरेको छ ।
पार्टीले २०७६÷०७७ को वार्षिक योजना र बजेट तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा सचिव बखानसिंह गुरुङ, दामोदर बैरागी, प्रभा कोइराला, आरपी खनाल र दुर्गाप्रसाद भण्डारी छन् । पार्टी एकीकरणपछि आर्थिक व्यवस्थापनका लागि स्रोत जुटाउन निश्चित मापदण्ड तय गर्ने निर्णयसमेत गरेको ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया