ट्यांकी संरक्षणका लागि तटबन्धन

समाधान संवाददाता २०७६ साउन ३ गते १२:४२

समाधान संवाददाता
दमौली

तनहुँको व्यास नगरपालिका–१ छाब्दीखोला नजिकको भादगाउँ करादी (खिरखादी) खानेपानी आयोजनाको ट्यांकी संरक्षणका लागि तटबन्धन गरिएको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको स्थानीय तहसँगको सहकार्यमा शहरी खानेपानीका जलाधार क्षेत्र संरक्षण कार्यक्रम मार्फत् आयोजनाको ट्यांकी संरक्षणका लागि छाब्दीखोलामा तटबन्धन गरिएको हो । तटबन्धनका लागि कार्यालयले १० लाख सहयोग गरेको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिए । उक्त रकमबाट ३ सय ६२ थान तारजाली खरिद गरि तटबन्धन गरिएको छ ।

Advertisement

१ लाख लिटर क्षमताको विद्युतीय लिफ्टिङ सहितको ट्यांकी निर्माणका लागि रु ६२ लाख खर्च भएको छ । ट्यांकी निर्माणका लागि व्यास नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ भने उपभोक्ता समितिले ३२ लाख लगानी गरेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । उक्त खानेपानी आयोजनाबाट व्यास नगरपालिका–१ का ८ हजार घरधुरी लाभान्वित भइरहेका छन् ।

यसैगरी भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रममा सिढी निर्माण गरिएको छ । पराशर आश्रम आउने भक्तजनलाई आवातजावतमा सहज बनाउन कार्यालयको १० लाखको सहयोगमा सिढी निर्माण गरिएको हो । सिढी निर्माणपछि आश्रम आउने सर्वसाधारणलाई सहयोग पुगेको आश्रमका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।

Advertisement

कार्यालयकै सहयोगमा म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर परिसरमा भजनकिर्तनका लागि भवन निर्माण सम्पन्न भएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित डिपिआर तयार भएको मन्दिर व्यवस्थापनका लागि भजनकिर्तन गर्ने भवन निर्माणका लागि कार्यालयले ४० लाख सहयोग गरेको थियो ।

भवन निर्माणका लागि म्याग्दे गाउँपालिकाले रु ८ लाख र स्थानीयवासीले रु ७ लाख ७६ हजार ५ सय ३४ बराबरको श्रमदान गरेको अकलादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले जानकारी दिए । जेठ १४ गते सम्झौता भएर काम शुरु गरिएको भवन असार २० गते सम्पन्न भएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । मन्दिरमा भजनकिर्तन सञ्चालनका लागि भवनको आवश्यक भएपछि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सहयोग माग गरिएको थियो

तपाईको प्रतिक्रिया