तनहुँका १०६ दुर्घटनामा ६१ को मृत्यु

समाधान संवाददाता २०७६ साउन ३ गते १२:४६
The imaginary basketball arena is modelled and rendered.

समाधान संवाददाता
दुलेगौंडा

तनहुँमा गत आवमा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४३ पुरुष, १३ महिला, ४ बालक र १ बालिका छन् । २०७५ श्रावण देखि २०७६ असारमसान्त सम्मको तथ्यांकमा १ सय १८ जना गम्भीर घाइते भएको उल्लेख छ । ७१ जना सामान्य घाइते भए ।

ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार १ सय ६ दुर्घटनामध्ये ६६ वटा २ पांग्रे दुर्घटना भएका छन् । १९ जीप÷कार, १६ ट्रक, ९÷९ ट्यांकर र माइक्रो र ३ ट्रिप्पर दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७२÷७३ मा १ सय ५० दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । साथै २०७३÷०७४ मा १ सय ७४ दुर्घटनामा ६३ जनाको मृत्यु भएको थियो ।

Advertisement

ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण अधिकारीले दुर्घटनाको कारण जीर्ण सडक भएको बताए । ‘पछिल्ला दिनमा सवारी अत्याधिक बढेका छन्,’ उनले भने, ‘तर सडकको गुणस्तर र चौडाइ भने पहिलेका जस्तै छन् ।’ सवारी साधनको तीव्र गति, पैदलयात्रीको लापरबाही लगायत कारणले सवारी दुर्घटना बढेको अधिकारीको भनाइ छ । पृथ्वीराजमार्गको अधिकांश भाग तनहुँमा रहेकाले पनि यहाँ अत्याधिक दुर्घटना हुने गरेको उनले बताए ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा १ करोड ६६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ९४ सवारी चालकलाई कारबाही गर्दा २ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि १ वर्षमा प्रत्यक्ष रुपमा ७ हजार ९ सय ५० जना सरोकारवालालाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया