सुनको मूल्यमा फेरी अर्को नयाँ रेकर्ड

समाधान संवाददाता २०७६ साउन ३ गते १३:०३

समाधान संवाददाता, काठमाडाैं

सुनको मूल्यमा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ ।

असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो ।

Advertisement

अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो । हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो । एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो ।

सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर आज अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

शक्ति राष्ट्र अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया