लेकसाइडमा थाली रेष्ट्रो लाउञ्ज बार सञ्चालनमा

समाधान संवाददाता
पर्यटकीय नगरी पोखराको लेकसाइडमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मध्यनजर गर्दै थाली रेष्ट्रो लाउञ्ज बार सञ्चालनमा आएको छ । विभिन्न खानाका पारखीहरुलाई सांगीतिक माहोलसँगै मनोरञ्जन दिने उद्देश्यले लेकसाइडमा बार सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले गत शुक्रबार बारको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै सांसद पहारीले पर्यटन भ्रमण वर्ष घोषणा गरिरहँदा पर्यटकलाई लक्षित पूर्वाधार थपिनु सुखद् भएको बताए ।
बिहान तथा साँझको खाना, खाजा र स्पेसल अर्डर अनुसारको परिकार सेवाग्राहीलाई पस्किने सञ्चालकले बताए । बारमा अनिल गुरुङ, सुरेश लामा, एनी गुरुङ र अभिमन्यू तामाङको लगानी छ ।
साउन ८ गतेसम्म थाली रेष्ट्रोले आफ्नो शुभारम्भको अवसरमा विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिरहेको छ । अन्य दिनमा पनि नियमित रुपमा लाइभ म्युजिक मार्फत पाहुनालाई मनोरञ्जन दिने भएको छ ।
लाउञ्जमा एकैपटकमा ९० जनाभन्दा बढीलाइ सेवा दिन सकिने व्यवस्थापन पक्षले जनाएकाे छ ।









एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया