लेकसाइडमा थाली रेष्ट्रो लाउञ्ज बार सञ्चालनमा

समाधान संवाददाता २०७६ साउन ५ गते ९:३५

समाधान संवाददाता

पर्यटकीय नगरी पोखराको लेकसाइडमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मध्यनजर गर्दै थाली रेष्ट्रो लाउञ्ज बार सञ्चालनमा आएको छ । विभिन्न खानाका पारखीहरुलाई सांगीतिक माहोलसँगै मनोरञ्जन दिने उद्देश्यले लेकसाइडमा बार सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले गत शुक्रबार बारको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै सांसद पहारीले पर्यटन भ्रमण वर्ष घोषणा गरिरहँदा पर्यटकलाई लक्षित पूर्वाधार थपिनु सुखद् भएको बताए ।

बिहान तथा साँझको खाना, खाजा र स्पेसल अर्डर अनुसारको परिकार सेवाग्राहीलाई पस्किने सञ्चालकले बताए । बारमा अनिल गुरुङ, सुरेश लामा, एनी गुरुङ र अभिमन्यू तामाङको लगानी छ ।

Advertisement

साउन ८ गतेसम्म थाली रेष्ट्रोले आफ्नो शुभारम्भको अवसरमा विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिरहेको छ । अन्य दिनमा पनि नियमित रुपमा लाइभ म्युजिक मार्फत पाहुनालाई मनोरञ्जन दिने भएको छ ।

लाउञ्जमा एकैपटकमा ९० जनाभन्दा बढीलाइ सेवा दिन सकिने व्यवस्थापन पक्षले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया