हरिहर गुफा आश्रम सरसफाइ

समाधान संवाददाता २०७६ साउन ५ गते १२:३२

समाधान संवाददाता
पोखरा

पोखरा २० भलामस्थित हरिहर गुफा परिसर सरसफाइ गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीले गुफा परिसर सरसफाइ गरेका हुन् । सामाजिक काममा अघि बढ्ने उद्देश्यले सरसफाइ गरिएको ट्रेनिङ सेन्टरका सञ्चालक डिबी लामाले बताए ।

नजिकका मठ मन्दिर तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउन शनिबारको बिदा उपयोग गर्दै सरसफाइ सञ्चालक हिरा पुनले बताए ।

Advertisement

पोखरा २० का अध्यक्ष सीम गुरुङको सक्रियता र गोर्खा फिटनेस ट्रेनिङ सेन्टरको सहयोगमा सेन्टरका २ सय ५० युवाले गुफा परिसरको झाडी र झारपात हटाएका छन् ।

हरिहर गुफामा साउनको प्रत्येक सोमबार बोलबम पूजा हुने भएकाले आफूहरुले समेत सरसफाइको आयोजना गरिरहँदा सेन्टरले सरसफाइ गरिदिएकोमा हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुनबहादुर खत्रीले खुसी व्यक्त गरे । उनले हरिहर गुफा प्रचार प्रसारको अभावको कमी भएको बताउँदै गुफा पर्यटकको केन्द्रबिन्दु बन्ने धारणा राखे ।

Advertisement

हरिहर गुफा भलामको मात्र नभई समग्र पोखराको इतिहास बोकेको गुफा भएकाले यसको संरक्षणसँगै प्रवद्र्धन गर्न वडा नै लागिपर्ने वडाध्यक्ष गुरुङको भनाइ छ । हरिहर गुफा आश्रममा १० जना वृद्धवृद्धा आश्रित छन् ।

तपाईको प्रतिक्रिया