रवीन्द्र स्मृति प्रतिष्ठानः दलको भातृ संगठन नहोस् !

समाधान संवाददाता
पोखरा
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनजस्तो नबनाउन सरोकारवालाले सुझाव दिएका छन् । उनीहरुले प्रतिष्ठानलाई दलको भातृ संगठन सानो परिधिमा नभई बृहत रुपमा लैजानुपर्ने बताएका छन् ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान सल्लाहकार परिषदको शनिबार पोखरामा बसेको बैठकमा परिषद्का सदस्यले त्यस्तो भनाइ राखेका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रतिष्ठानका सल्लाहकार एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनितिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उनले सुझाव दिए ।
‘प्रतिष्ठानलाई पार्टीको जनसंगठनका रुपमा अघि बढाउनु हतारो हुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीसँग अरु साथीहरु पनि हुनुहुन्छ, विचार निर्माणका काम गर्नुपर्छ ।’ उनले कहिलेकाहीं कम्युनिस्ट राजनीतिबारे छलफल गर्नुपरे पनि राजनीतिक दलको एउटा गुट चलाएजस्तो प्रतिष्ठान चलाउन नहुने बताए । उनले प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरा र सम्पर्क कार्यालय काठमाडौंमा राख्नसमेत सुझाव दिए ।
प्रतिष्ठान सल्लाहकार एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रतिष्ठानले तत्कालको कामभन्दा भविष्यबारे सोच्न आग्रह गरे । ‘पछि गएर यो छुट्यो, त्यो छुट्यो भन्नुभन्दा प्रतिष्ठानले अहिले नै सानो कामबाट आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ,’ उनले भने । उनले प्रतिष्ठानका लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिए । स्वार्गीय अधिकारी वैचारिक नेता भएकाले भविष्यमा विचार विमर्शको थलो प्रतिष्ठान हुनुपर्ने उनले बताए ।
प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले भने प्रतिष्ठान पूर्णतय पार्टीको अधिनमा हुनुपर्ने सुझाव दिए । उनले भने, ‘स्व अधिकारीले पार्टीमै जिवन समर्पण गर्नु भएको छ । यसर्थमा पनि पार्टी भन्दा बाहिर रहेको प्रतिष्ठान कल्पना गर्न सकिँदैन ।’ उनले भ्रष्टाचार, कर छली, अपराधिक क्रियाकलापमा संलग्न भएकालाई प्रतिष्ठानको सदस्य नबनाई महिला, किसान र मजदुरलाई प्राथकिता दिनुपर्ने धारणा राखे ।
नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिए । स्वार्गीय अधिकारी वैचारिक नेता भएकाले भविष्यमा विचार विमर्शको थलो प्रतिष्ठान हुनुपर्ने उनले बताए । प्रतिष्ठानका कार्यकारी सदस्य रामकृष्ण ज्ञवालीले अधिकारीले पर्यटन विश्वविद्यालयको सपना देखेको भन्दै सोही मार्फत अधिकारीलाई चिरस्थायी बनाउन सकिने धारणा राखे ।
प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले समृद्ध मुलुक बनाउनमा प्रतिष्ठानले सघाउने बताइन् । ‘अधिकारीको सरल स्वभाव र शैली सबैका लागि मोडल थियो,’ उनले भनिन्, उनको समृद्ध नेपालको सपना पुरा गर्न प्रतिष्ठानले बाटो देखाउँछ ।’ उनले स्व अधिकारीको सोच र दृष्टिकोण अनुसार नै प्रतिष्ठान सञ्चालन हुने बताइन् ।
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको थियो । प्रतिष्ठानको १८ जेठमा पोखरा सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । मन्त्री अधिकारीको दुर्घटनामा मृत्यु भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने निर्णय भएको थियो ।
सोही अनुरुप अहिले ४५ सदस्यीय सल्लाहकार समिति र ३५ सदस्यीय कार्यकारिणी समिति गठन भइसकेको छ । समितिले अधिकारीको स्मृतिलाई चिरस्थायी बनाउन के गर्ने भन्नेबारे छलफल प्रक्रिया अघि बढेको हो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया