मध्यबिन्दु अस्पताल अध्यक्ष नियुक्तिमा साझा पार्टीको आपत्ति

समाधान संवाददाता २०७६ साउन ५ गते १५:२२

समाधान संवाददाता
नवलपुर

प्रदेश सरकारले निजी अस्पताल सञ्चालक गोपाल खनाललाई जिल्ला अस्पताल सञ्चालक समिति अध्यक्ष बनाइएकोमा साझा पार्टी नवलपुरले आपत्ति जनाएको छ । निजी अस्पताल सञ्चालकले आफ्नो व्यवसायलाई नै असर पर्ने गरी कुनै पनि हालतमा सरकारी अस्पताललाई गुणस्तीरय र व्यवस्थित बनाउनै नसक्ने साझाले ठोकुवा गरेको छ ।

जिल्ला अस्पतालमा भर्खरै स्तरोन्नति मध्यबिन्दु जिल्ला अस्पताल अध्यक्षमा सोही स्थानमा निजी अस्पताल सञ्चालक नियुक्त गरिएकोमा साझा पार्टीले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ ‘जिल्लाका आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सरल रुपमा दिनुपर्ने जिल्ला अस्पतालको सञ्चालक समिति अध्यक्षमा निजी अस्पताल सञ्चालक मनोनित गरिनु सरासर नीतिगत भ्रष्टाचार र चरम राजनैतिक हस्तक्षेप मात्र नभई कानुनत स्वार्थको बझान पनि हो ।’

प्रदेश सरकारको निर्णय र नियत सरकारी अस्पताललाई धरासायी बनाउनेतर्फ प्रेरित भएको देखिएको भन्दै साझा पार्टीले उक्त निर्णयको घोर भत्र्सना गरेको छ । साझाले प्रदेश सरकारले सच्याएर अगाडि बढोस् भन्ने मागसहित जनस्वास्थ्यको सवाललाई राजनीतिक हस्तक्षपबाट टाढै राख्न र राजनैतिक आग्रह, पूर्वाग्रहबिना सक्षम र इमान्दार व्यक्तिलाई जिम्मेवारी दिनसमेत आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया