कागबेनीको सेर्थाङ सेल्फी पार्कमा वृक्षारोपण

समाधान संवाददाता २०७६ साउन ५ गते १६:१४

तस्विरः लक्ष्मी गुरुङ

सुन्दरकुमार थकाली, मुस्ताङ

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आउने अधिकाँश तिर्थालुलाई १ पटक उभ्याएरै छाड्ने स्थान हो वारागुङ मुक्तिक्षेत्रको सेर्थाङ सेल्फी पार्क । तिर्थालुले यहा पुगेपछि सेल्फी खिच्छन् । रोज पर्यटकले सेल्फी खिच्ने गरेकाले सेर्थाङ सेल्फी भनिएको हो । पर्यटकले तुरुन्तै सेल्फी खिचेर सामाजिक संञ्जालमा अपलोड गराईहाल्छन् ।

Advertisement

यहाँ नेपाली चलचित्र र बलिउडका सिनेमाको समेत छायाङ्कन हुनेगर्छ । ‘ स्वच्छ वातावरणका लागि रुख रोपौ ,हरित अभियानमा सहभागी बनौ’ भन्ने उद्घोषसहित वारागुङ मुक्तिक्षेत्र ,एक्याप ,यूवाक्लव ,महिला समूह ,विद्यालय , काग छयोदे गुम्बा , गाउसमाजले सयूक्त रुपमा पार्कमा शनिवार बृक्षारोपण गरेका हुन् । पार्कभित्र र बाहिर १ सय २५ वटा बेर्ना लगाईएको छ । सेल्फी पार्कभित्र ठुलो शालिग्राम सेल्फी समेत राखिएको छ ।

पर्यटक लोभ्याउने सेर्थाङ सेल्फी पार्कलाई थपआर्कषक र वातवरणमैत्री तुल्याउन बृक्षारोपण गरिएको हो । टोलीले नवनिर्मित पार्कभित्र सल्ला र धुपीका बिरुवा रोपेको निर्माण समितिकी अध्यक्ष गुरुङले बताईन् । एक्यापले पार्क बृक्षारोपणका लागि बिरुवा उलब्ध गराएको अध्यक्ष गुरुङले उल्लेख गरिन् ।

Advertisement

केही वर्षमै यहापुग्दा हरियाली दृष्य हेरेर पर्यटकले स्वर्गिय आनन्द लिनसक्ने वारागुङका प्रशासकीय अधिकृत दिपक रेग्मीले बताए । बृक्षारोपणको शनिवार गाउपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उद्घाटन गरे । उनले सेल्फीपार्कलाई नमूना पर्यटक हबको रुपमा बिकास गर्ने गाउपालिकाको लक्ष्य रहेको सुनाए । उनले पार्कको सौन्दर्यता बृद्धि गर्न बृक्षारोपण पहिलो काम भएको र बिस्तारै पूर्वाधारहरु निर्माण गरिदै लगिने बताए ।


तपाईको प्रतिक्रिया