बिपीको नीति छोड्दा देशमा समस्या

समाधान संवाददात
पर्वत
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस पर्वतमा मनाएको छ । नेपाली कांग्रेस पर्वतले पार्टी कार्यालयमा कोइरालाको तस्बिरमा माल्यापर्ण गर्दै योगदान बारे चर्चा गरेका थिए ।
विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कांग्रेसको माध्यमबाट देशलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद दिन सक्षम रहेको बताउँदै उनको योगदानको चर्चा गरेका हुन् । कार्यक्रमका पूर्व पार्टी सभापति नवराज गुरुङले महामानव कोइरालाले देश र जनातको हित र प्रजातन्त्रमा योगदान दिन सवल भएको बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसका अगुवा तथा प्रेरणाका स्रोत लोकनाथ आचार्यले बिपीले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रिय मेलमिलाप नीति अहिले पनि सान्दर्भिक रहेको बताए । उनले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा बिपीले धेरै वकालत गरेको भन्दै बिपीले अंगिकार गरेको प्रणाली अन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको भन्दै दुख प्रकट गरे ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बिपी स्मृति दिवसलाई कांग्रेसले औपचारिकता मात्र दिने गरेकोमा चिन्ता गरे । जोशीले बिपीले देखाएको मार्गनिर्देश र सिद्धान्तमा कांग्रेस हिड्न नसकेकामा चिन्ता गरे ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया