बालयौन दुराचार आरोपमा विदेशी पक्राउ

समाधान संवाददाता २०७६ साउन ८ गते १२:५७

समाधान संवाददाता, पोखरा

बालयौन दुराचार आरोपमा १ र क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ३ पोखरामा २ दिनको अवधिमा विदेशी ४ नागरिक पक्राउ परेका छन् ।

बालयौन यौनदूराचार आरोपमा अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको डिहिकोपाटनस्थित घरमा अनुसन्धानका लागि पुग्दा २ बालकसहित फेला पारेको हो । उनी कामदार भिसामा नेपाल आएका थिए । पेसाले प्याराग्लाइडर थोमसले बालबालिकामाथि यौनदुराचार गरेको खबर सिआइबीलाई पुगेपछि अनुसन्धान अघि बढेको थियो । उनलाई बिहान ७ बजे यौनदूराचार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए । २ बालकको उमेर १४ वर्ष मुनिका छ ।

थोमसलाई बाल यौन दुराचारको मुद्दामा मंगलबारै जिल्ला अदालत कास्कीबाट म्याद थप गरिएको एसपी कार्कीले बताए । अन्य बालबालिका समेत उनीबाट पीडित भएको आंशका प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

धर्म प्रचारको आरोपमा विदेशी ३ जनालाई सोमबार वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो । जापानी महिला रैको सेकिया र पुरुष जायरो सेकिया क्रिस्चियन धर्म प्रचारको आरोपमा सोमबार पक्राउ परेका हुन् । उनीहरु विगत ३ वर्षदेखि पोखरा बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुको लेकसाइडस्थित कोठाबाट केही थान बाइलबलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

धर्म प्रचारकै आरोपमा दक्षिण कारियाका ७३ वर्षीय चौ याओसाङ पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले बताए । सोमबार पक्राउ ३ जनालाई पनि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया