मेलाको तयारीमा ग्लोबल रिच

समाधान संवाददाता २०७६ साउन ८ गते १८:५७

समाधान

शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आइतबार पोखरामा यो मेला हुने पोखरा शाखाले जनाएको छ ।

Advertisement

न्युरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने मेलामा अस्ट्रेलियाका १२ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थी तथा अभिभावकसँग भेटघाट गर्नेछन् । ‘वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीको पहिलो रोजाई अस्ट्रेलिया नै हो । र, हामीले विद्यार्थीको मागलाई मध्यनजर गर्दै उनीहरुलाई बढी जानकारी मिलोस् भन्ने हेतुले मेला गर्न लागेका हौं,’ ग्लोबल रिच पोखराका ब्रान्च कोअर्डिनेटर सरिता गुरुङले भनिन् ।

कम्पनीले पोखरामा वर्षेनी २ वटा यस्ता प्रकृतिका मेला गर्दै आएको छ । विगत ४ वर्ष यता पोखराबाट सेवा दिईरहेको ‘ग्लोबल रिच’ले गर्न लागेको शैक्षिक मेलाको यो नवौँ संस्करण हो । मेलामा आउने विद्यार्थीका लागि फ्रि एप्लिकेसन, छात्रवृत्ति, निशुल्क आइइएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । मेलामा विभिन्न ४ वटा बैंकले विद्यार्थीलाई शैक्षिक कर्जाको विषयमा जानकारी समेत दिनेछन् ।

Advertisement

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मुख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढी शाखा छन् ।

तपाईको प्रतिक्रिया