गोरखामा ओढारभित्रबाट १६ किलो सुन बरामद

समाधान संवाददाता २०७६ साउन ९ गते १३:४२

मोहसिन अलि मियाँ
गोरखा

गोरखा स्थित धार्चे गाउँपालिकाको खार्लावेशी बजार नजिकैको ओढारबाट प्रहरीले १६ किलो सुन बरामद गरेको छ । पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो । २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन बारे उनले नै बताएका थिए ।

गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन । तिब्बतबाट ल्याइएको तस्करीको सुन पहरोमा लुकाई राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बरामद गरिएको सुन र गुरुङलाई माछीखोला प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा ल्याउदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया