जन्मस्थानमा भीमसेन थापाको सम्झना

समाधान संवाददाता २०७६ साउन १० गते १३:३२

मोहसिन अलि मियाँ
गोरखा

राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्ती गोरखा नगरपालिका ४ को पिपलथोकमा मनाइएको छ । भीमसेन पार्कमा कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइएको हो । गोरखा ४ को आयोजनामा भएको कार्यक्रममा अधिकांश वक्ताले थापाले पुर्‍याएको योगदानको कदर हुन नसकेका गुनासो गरे । ‘साच्चै उहाँलाई हामीले सम्मान दिन सकेका छैनांै, कदर गर्न सकेका छैनौ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘भीमसेन थापाको त्याग र योगदानको गोरखाले न्याय गर्न सकेन ।’

ऐतिहासिक धरोहरको संरक्षण गर्न अब चुक्न नहुने धारणा राख्दै उनले भीमसेनको जन्मस्थान पीपलथोकलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जानकारी गराए । गत वर्ष ५० लाख विनियोजन गरेको कार्यालयले आव २०७६÷७७ मा रानीवन – पाटेचौरबाट गोरखा दरबार हुँदै भीमसेन पार्कसम्म पदमार्ग बनाउन १ करोड ५० लाख छुट्याएको जनाएको छ । नगरपालिकाले गोरखा दरबारलाई केन्द्रबिन्दुमा राखेर नगरभित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रलाई टुरिजम हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भीमसेन थापा गोरखाका मात्रै नभई सिंगो देशकै सम्पत्ति भएकाले इतिहास बचाइराख्नुपर्नेमा जोड दिए । गोरखा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापा, गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी, गोरखा ४ का वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए । थापाको जन्मजयन्तीमा भीमसेन थापा गाउँपालिकाले बिहीबार सार्वजानिक बिदासमेत दिएको थियो ।

विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्ती गोरखा नगरपालिका ४ को पिपलथोकमा मनाइएको छ । भीमसेन पार्कमा कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइएको हो । गोरखा ४ को आयोजनामा भएको कार्यक्रममा अधिकांश वक्ताले थापाले पुर्‍याएको योगदानको कदर हुन नसकेका गुनासो गरे । ‘साच्चै उहाँलाई हामीले सम्मान दिन सकेका छैनाैं, कदर गर्न सकेका छैनौ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘भीमसेन थापाको त्याग र योगदानको गोरखाले न्याय गर्न सकेन ।’

Advertisement

ऐतिहासिक धरोहरको संरक्षण गर्न अब चुक्न नहुने धारणा राख्दै उनले भीमसेनको जन्मस्थान पीपलथोकलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जानकारी गराए । गत वर्ष ५० लाख विनियोजन गरेको कार्यालयले आव २०७६÷७७ मा रानीवन – पाटेचौरबाट गोरखा दरबार हुँदै भीमसेन पार्कसम्म पदमार्ग बनाउन १ करोड ५० लाख छुट्याएको जनाएको छ । नगरपालिकाले गोरखा दरबारलाई केन्द्रबिन्दुमा राखेर नगरभित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रलाई टुरिजम हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भीमसेन थापा गोरखाका मात्रै नभई सिंगो देशकै सम्पत्ति भएकाले इतिहास बचाइराख्नुपर्नेमा जोड दिए । गोरखा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापा, गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी, गोरखा ४ का वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए । थापाको जन्मजयन्तीमा भीमसेन थापा गाउँपालिकाले बिहीबार सार्वजानिक बिदासमेत दिएको थियो ।

तपाईको प्रतिक्रिया