मुस्ताङमा ट्राफिक सक्रियता

समाधान संवाददाता २०७६ साउन १० गते १४:३५

एस. थकाली, मुस्ताङ

ट्राफिक कार्यालय मुस्ताङले चालक सवारी अनुमगन तथा जनचेतनामा सक्रियता बढाएको छ । बुधवार र बिहिवार मुस्ताङको कागबेनी र जोमसोममा कार्यालयलले जनचेतना प्रशिक्षण गरेको ट्राफिक ईञ्चार्ज सई बद्रीनाथ शर्माले जानकारी दिए ।

दिनहु सवारी साधनको चाँप बढ्दै गएको र सडक समेत सुधारोन्मुख भईरहेको अवस्थामा संम्भावित दुर्घटना न्युनिकरण गर्न चालक र सवारी धनीलाई ट्राफिक जनचेतना सम्वन्धि ज्ञान दिईएको सई शर्माले खुलाए । सवारी हाक्दा चालकले गति सीमित गर्नुपर्ने ,मापासे गर्न नहुने ,मोड ट्रनिङको ख्याल गर्नुपर्ने ,रोड साईनको हेक्का गर्नुपर्ने ,मोवाईल फोन प्रयोग गर्नु नहुने ,यात्रुसंग सम्भ व्यवहार गर्नुपर्ने , कागजपत्र साथमा लिनुपर्ने ,भिरालो सतहमा दुरी फरक गर्नुपर्ने ,सवारीको नियमित चेकजाच गर्नुपर्ने ,लामो दुरीका सवारी साधनमा २ वटा चालक हुनुपर्ने र ,मो.सा. चलाउदा हेल्मेट लगाउनुपर्ने लगायतका नियम ट्राफिक पालना संम्वन्धि ज्ञान दिईएको हो ।

Advertisement

ट्राफिकले सदरमुकाम जोमसोमको अव्यवस्थित खाल्डाखुल्डी सडकलाई सवारी चालकहरुकै सहयोगमा सुधार र सफाई गरेको सई शर्माले बताए । उनले मुक्तिनाथ र छुसाङमा ट्राफिक सचेतना गर्ने जनाए । यस्तै ट्राफिकले स्थानीय सवारी साधनमा गति सीमित लेखिएको स्टिकर टाँस्ने काम पनि गरेको छ । मुस्ताङमा ट्राफिक राजश्व १६ लाख आर्थिक वर्ष ०७५÷०७६ मा मुस्ताङमा ट्राफिक राजश्व १६ लाख संकलन भएको छ ।

जिल्ला भित्रिएका २ हजार ५ सय १६ सवारीलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो । उठेको राजश्व आर्थिक वर्ष ०७४÷०७५ भन्दा डेढ लाख कम हो । त्यसवर्ष २ हजार ७ सय ३५ सवारीलाई कारवाही गर्दा १७ लाख ६५ हजार राजश्व उठेको थियो । यस्तै ,आर्थिक वर्ष ०७३÷०७४ मा १ हजार ५ सय २६ सवारी कारवाही पर्दा ११ लाख ८० हजार संकलन भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।

Advertisement

मुस्ताङमा ट्राफिकको ५ जनाको अस्थायी दबन्दी छ । उनीहरुलाई क्षेत्रिय कार्यालयले करारमा नियूक्त गरेको हो । साथै मुस्ताङमा ट्राफिक कार्यालयको नीजि भवन छैन । लामो समय देखि कार्यालय र ट्राफिक कर्मचारी भाडामा बस्दै आईरहेका छन् । पछिल्लो समय ट्राफिक घरभाडा जिप्रका मुस्ताङले उपलब्ध गराउने गरेको छ ।

तपाईको प्रतिक्रिया