नागढुंगामा कौशीखेती अनुगमन तथा मूल्यांकन

समाधान संवाददाता २०७६ साउन १३ गते १२:१३

समाधान संवाददाता, पाेखरा

पोखरा ८ नागढुंगास्थित नागढुंगा विकास समाजले स्थानीयको कौशी खेती अनुगमन, निरीक्षण तथा मूल्यांकन गरेको छ । समाजमा आवद्ध सदस्यलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले सुरु गरिएको कौशी खेतीबारे चासो दिएको हो ।

पोखरा महानगर कृषि महाशाखाको प्राविधिक सहयोग र वडा कृषि सञ्जालको समन्वयमा सुरु गरिएको कौशी खेतीबाट स्थानीयले लाभ लिन सक्नु पर्ने भन्दै समाजले अगुवाई गरिरहेको समाजका अध्यक्ष डम्बर सुवेदीले जानकारी दिए ।

Advertisement

समाजले आफ्ना सदस्यलाई सिजन अनुसारका तरकारीका वीऊ र बेर्ना वितरण गर्दै आएको छ । समाजले उत्कृष्ट कौशी खेती किसानलाई सम्मान गर्ने उद्देश्यले अनुगमन थालेको हो ।

समाजका सल्लाहकार भीमनाथ बरालको संयोजकत्वमा कृषि महाशाखा प्रमुख मनोहर कडरिया, वडा कृषि सञ्जालकी अध्यक्ष सरस्वती थापा, सल्लाहकार शेषबहादुर थापा सदस्य रहेको अनुगमन तथा मूल्यांकन समितिले अनुगमन सुरु गरेको छ ।

Advertisement

अनुगमनमा वडा सदस्य पुष्पराज सिग्देल, लक्ष्मी कौशल, सञ्चारकर्मी दुर्गा बास्तोला, विनोद लामिछाने, वडा कृषि सञ्जालका सदस्य नन्दप्रसाद बराल लगायतले ४८ घरको कौशीखेती निरीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया