पैसा पाएपछि पीडित चुप !

समाधान संवाददाता २०७६ साउन १३ गते १२:५५

समाधान संवाददाता
पाेखरा

बच्चा जन्मेपछि अत्यधिक रक्तश्रावका कारण उपचारका क्रममा मृत्यु भएकी कास्की अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुककी निशाकुमारी थापाको दाहसंस्कार भएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बिहीबार सुत्केरी भएकी निशाको निरन्तर रक्तश्राव भएपछि समयमै उपचार नपाउँदा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोनमा उत्रिएका थिए । चिकित्सकको लापरवाही र अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने आन्दोलन पक्षको माग राखे पनि अन्ततः रकम लेनदेनमा विवाद साम्य भएको छ ।

Advertisement

अस्पतालका १ अधिकारीका अनुसार निशाका परिवारलाई ३ लाख ५० हजार सहयोग स्वरुप दिइने सहमती भएको छ । उनका दुवै बच्चा स्याहार गर्ने १ जनालाई अस्पतालमा रोजगारी र उनीहरुको निशुल्क स्वास्थ्योपचार गर्नेगरी सहमति जुटेको उनले बताए । त्यस्तै, निशाको उपचार गर्दाको क्रममा लागेको १ लाख ५० हजार रुपैयाँ समेत अस्पताल लिएन । शनिबार अबेरमात्र अस्पताल र आन्दोलन पक्षबीच जिल्ला प्रहरी कार्यालय कास्कीको रोहवरमा भएको वार्ता मिलेपछि निशाको शव उठाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया