तिप्ल्याङमा अस्थायी प्रहरी पोस्टकाे स्थापना

समाधान संवाददाता २०७६ साउन १३ गते १३:१५

समाधान संवाददाता, म्याग्दी

म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरीको २४ औं पोस्टकारुपमा आइतबार १ कार्यक्रमकाबीच पोस्ट उद्घाटन गरिएको थियो । नागरिक सुनुवाई कार्यक्रमसमेत गरिएको सभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन प्रहरी पोस्ट स्थापना गरिएको बताए ।

कार्यक्रममा प्रहरी नायक उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले शान्ति सुरक्षा कायम गर्न समुदायले प्रहरीलाई गाउँघरमा हुने अपराध जन्य घटनाको सूचना प्रदानगरी सहयोग गर्न अनुरोध गरे । उनले तिप्ल्याङमा मुस्ताङ जाने पर्यटकको चहलपहल हुने, बजार क्षेत्र तथा २ गाउँपालिकको सिमानासमेत भएकाले प्रहरी पोस्टको जिम्मेवारी गहन भएको धारणा राखे ।

Advertisement

पोस्टले गाउँमा मदिरा नियन्त्रण, सामाजिक सुरक्षा कायम, लागुऔषध नियन्त्रण र हिमाली जिल्ला र बेग बादुङ हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि २४ घण्टा सुरक्षा दिन उल्लेख गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, वडा अध्यक्ष बिलबहादुर फगामी, स्थानीय बलवान गर्बुजा र टेकबहादुर गर्बुजा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया