पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग निर्माण

समाधान संवाददाता २०७६ साउन १३ गते १४:११

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा ४८ पैदलमार्ग निर्माण भएका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै गण्डकी प्रदेश सरकारले पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटकलाई नयाँ पर्यटकीय गन्तव्यमा लैजान पैदल मार्ग निर्माण गरिएको हो ।

सरकारले भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँमार्फत २३ वटा र पर्वतमार्फत २५ वटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा पैदल मार्गलाई विकास गर्न थालेको हो । ४८ स्थानमा पैदल मार्ग निर्माण गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६ करोडभन्दा बढी रकम विनियोजन गरेको थियो ।

Advertisement

गण्डकी प्रदेश सरकारले मिलेनियम टे«क, स्याङ्जा, घोडाबाँधे हुँदै गाजाके दह, बागलुङ पदमार्ग, गाईघाट झरना मा्तिमारे, बराहताल, कालीलेक शिवचुली हुँदै घोडाबाँधे पर्यटन पदमार्ग बागलुङ, जैमिनी ६ फाँट सम्सादेउराली मन्दिर, देविस्थान मन्दिर चाँखे कोटघर माइकाथान हाँडीकोट पदमार्ग बागलुङ, जैमिनी ६ फाँट सम्सादेउराली मन्दिर देवीस्थान मन्दिर, चाँखे कोटघर माइकाथान हांडीकोट पदमार्ग बागलुङ, राम्चेढुंगा, तुलसीको पहिरो पर्यटकीय पदमार्ग, भीमसेन ढुंगा, आँगाखेत सिरुवारी सिद्धेश्वर शिवालय मन्दिर मल्म मल्साङ पर्यटकीय पदमार्ग बागलुङ, बोक्सेखोला–सेकुङताल पदमार्ग, टुकुचे–मार्फा पदमार्ग, दाङखोलादेखि देउताभीर पदमार्ग, मालिका ५, देवीस्थान, ज्यारुकोट पदमार्गा, वेनपा २, भकुण्डे, म्याग्दी, अन्नपूर्ण हिमछहरा पदमार्ग, अन्नपूर्ण गापा, म्याग्दी लगायतका स्थानमा नयाँ पैदल मार्ग निर्माण गरेको छ ।

माच्छापुच्छ«े नमुना पदमार्ग, देवचुली डाँडा पैदल मार्ग, हुलचुक—गणेश हिमाल पदमार्ग, धार्चे रानीनाला पदमार्ग गोरखा, कुभिण्डे—उल्लेरी थाप्लेहिल पदमार्ग, छोरेपाटन—शान्तिस्तुपा पदमार्ग, महेन्द्र गुफा—मणि पदमार्ग पोखरा, राईनासकोट पदमार्ग, भलामचौर—गुरुङ सम्पदा पदमार्ग, भुलभुले —भुम्मे पदमार्ग, घमरचोक—दूधपोखरी पदमार्ग तनहुँ, इकोपार्क पर्यटकीय पदमार्ग, व्यास परसर पदमार्ग, कोटकाली भयरथान—मिर्लिङकोट पदमार्ग, डुडाल ताल पदमार्ग, नासोङ पदमार्ग तनहुँ, घडेली खरीखोला पदमार्ग, पोखरा गल्याङ पदमार्ग निर्माण भएका छन् ।

Advertisement

पर्वतको दुर्लुङकोट पदमार्ग, खुकोर्ट—अर्मादी पदमार्ग, खौलाकोट पदमार्ग, आर्थर पञ्चासे पदमार्ग, भमरकोट पदमार्ग, बच्छेश्वर पदमार्ग, कालिगण्डकी—लुरिङकोट पदमार्ग, लालेश्वर गुफा पदमार्ग, पूर्णगाउँ पोखरीथान पदमार्ग, तलातुम गुफा हुँदै भोर्ले मन्दिर पुग्ने स्थानमा बनेका नयाँ पैदल मार्ग पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै छन् । यी पैदल मार्ग ५ सयदेखि ३ हजार लामा छन् ।

अधिकांश पैदल मार्गबाट प्रकृति, भूगोल, अन्नपूर्ण प्रथम, नीलगिरि नर्थ, नीलगिरि सेन्टर, नीलगिरि साउथ, तिलिचो पिक, अन्नपूर्ण फेङ हिमाल, माच्छापुच्छ्र‍े हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । विभिन्न प्रजातिका गुराँस, उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूल, हिउँचितुवा, कस्तुरी मृग पनि यहाँ पाइन्छ ।

सरकारले २०२२ मा पर्यटन वर्ष मनाउँदै २०लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्योभन्दा अगाडि २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाख छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा बनाइँदै छ । त्यसका लागि पर्यटकीय पूर्वाधार थप्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहेको छ ।

अहिलेका पर्यटकीय क्षेत्रलाई विस्तार गर्न र पर्यटकको बसाइ पैदलमार्ग कोसेढुंगा सावित हुने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । उनले ती पैदल मार्गको प्रचारप्रसार पनि आवश्यक पर्ने बताए । शनिबार आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ति पोखराको छोरेपाटनदेखि शान्ति स्तुपासम्म पैदल यात्रामा निस्एिका मन्त्री लम्सालले पदलमार्गले पोखरामा सिमित पर्यटक अन्य स्थानमा लैजान मद्दत पुग्ने बताए ।

पर्यटन विकासका लागि यस वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा ताल तलैया र पुराना ऐतिहासिक दरबार, मठ, मन्दिर संरक्षण, पदमार्ग, पर्यटन सडक लगायतका अन्य भौतिक संरचना निर्माण गरिएको छ । उत्तरमा मुस्ताडको लोमान्थाङदेखि उच्च हिमाली टाकुरा धवलागिरी, अन्नपूर्ण, माछापुछ्रे र मनास्लुदेखि तराईको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसम्म फैलिएको गण्डकी प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन नै रहेको मन्त्री लम्सालको भनाइ छ ।

तपाईको प्रतिक्रिया