थाइल्यान्डमा आदिबासी जनजाती फिल्म अवार्ड

समाधान संवाददाता २०७६ साउन १४ गते १४:३१

समाधान संवाददाता, पोखरा

हुकुम मल्टिमिडियाले थाइल्यान्डमा आदिबासी जनजाति फिल्म अवार्ड आयोजनाको तयारी गरेको छ । आयोजकले आदिबासी जनजाति समुदायभित्रका फिल्मको अवार्ड कार्यक्रम पहिलो पटक हुन लागेको उल्लेख गरेको छ ।

अवार्डको नाम ‘ज्योमो गांग फिल्म अवार्ड’ राखिएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै हुकुम मिडियाका सञ्चालक डिबी बम्जनले भाषिक तथा जातिय फिल्मका लागि गुरुङ फिल्म उद्योग १ नम्बर भएको बताए । अवार्ड आगामी भदौ २७ गते थाइल्यान्डको फुकेट सहरमा हुने छ ।

Advertisement

तपाईको प्रतिक्रिया