मायाकाे तीजकाे काेसेली ‘अभागिनी’ बजारमा

समाधान संवाददाता २०७६ साउन १४ गते १४:३८

समाधान संंवाददाता
हेम्जा

लोक तथा दोहोरी गायिका माया गुरुङले तीजको कोसेली अभागिनी ल्याएकी छन् । माया गुरुङ र रामजी पौडेलको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने, माया गुरुङ, रामजी पौडेल, सरीता सरु मगरले आवाज दिएका छन् । तारानाथ आचार्यको निर्देशन रहेको उक्त गीतमा जीवन, काजोल, बुद्धि र माया गिरीको अभिनय छ भने गीतलाई डिजिटल स्टार पोखराले बजार ब्यवस्थापन गरेको हो ।

नेपाली समाजमा धेरैका घरमा घटिरहेका घटना समेटेकाले गीतको विषय र भाव निकै उत्कृष्ट रहेको छ । वास्तबिक कहानी एवं मौलिक गीत राम्रो भएको दर्शक तथा स्रोताले प्रतिक्रिया दिएका छन् । दर्शक तथा स्रोताको चाहना अनुसारका गीतहरु नै आफूले गाएको र आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया