ब्राउन सुगरसहित ४ जना पक्राउ

समाधान संवाददाता २०७६ साउन १५ गते ११:३३

समाधान संवाददाता, स्याङ्जा

ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । १६.७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका—५ का भीमबहादुर सेन र सुमसिंह ठकुरी तथा वालिङ नगरपालिका—११ का सुवास सेन र राम वहिक छन् । बुटवलबाट पर्वतका लागि छुटेको ना६ख १२६७ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा वालिङ १० भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।

Advertisement

विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया