बैंक तथा वित्तीय संस्थाको सिइओ राष्ट्र बैंकले छान्ने

समाधान संवाददाता २०७६ साउन १५ गते १२:२४

समाधान संवाददाता
पोखरा

कहिले कुलिङ पिरियड त कहिले कार्यकालको विषय परिमार्जन गर्दै आएको नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आफै छान्ने भएको छ ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि सिइओ छनौंटमा हस्तक्षेप गर्न लागिएको जानकारी गराए । बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि उनी प्रष्ट्याए । यसबारेमा मौद्रिक नीतिमै व्यवस्था उल्लेख गरिएको छ ।

Advertisement

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिइओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिइओ नियुक्ति गर्दा पनि कार्वाही गर्न नसकेकोभन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे ।

सांसद तेजुलाल चौधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठाए । उनले कृषि लोनमा बिचौलियाको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए । सांसद चौंधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाए ।

Advertisement

तपाईको प्रतिक्रिया