सगरमाथा आरोही लक्ष्मण सापकाेटा सम्मानित

समाधान संवाददाता
पर्वत
सगरमाथा आरोहण गरेका कुश्मा १२ ठूलीपोखरीका लक्ष्मण सापकोटालाई कुश्मा नगरले सम्मान गरेको छ । उनले गत जेठ ९ गते सफल आरोहण गरेका थिए ।
३० वर्षीय सापकोटालाई कुश्मा नगरपालिकाका मेयर प्रमुख प्रशासकीय अधिकृत सहितका कार्यपालिका सदस्यले सम्मान गरेका थिए । कार्यक्रममा रामचन्द्र जोशीले समग्र गण्डकी प्रदेशको नाम अग्र स्थानमा राख्न सफल भएको भन्दै सापकोटाका कारण पर्वतको उचाइमा पुगेको महसुस गरेको बताए ।
उनले सगरमाथाको सफल आरोहण गरेका लक्ष्मण सापकोटाको क्षमता, प्रयास र साहसबाट हरेक युवामा नयाँ प्रेरणा जागृत हुनुपर्ने बताए । सगरमाथा आरोही सापकोटा भारतीय सेनामा कार्यरत छन् । उनले भारतमा रहँदा आफू माउन्ट ट्रेकर्स संस्थामार्फत तालिम लिएपछि सगरमाथा आरोहणमा लागेको बताए । २०७४ सालमा पहिलो पटक आरोहणका क्रममा खराब मौसमले असफल भएको सुनाए । लक्ष्मणले निकट भविषयमा आफू ७ वटै महादेशका उच्च हिमाल आरोहण गर्न इच्छुक रहेको बताए ।
सगरमाथा आरोहण गर्दा लागेको सबै खर्च उनी कार्यरत भारतीय सेनाले व्यवस्था गरिदिएको थियो । उनका अनुसार १ पटक आरोहण गर्दा करिब २० लाख रुपयाँसम्म खर्च लाग्छ ।
तपाईको प्रतिक्रिया