पर्वतकाे मालपोत कार्यलयमा सास्ती

समाधान संवाददाता २०७६ साउन १५ गते १२:३९

समाधान संवाददाता, पर्वत

मालपोत कार्यालय पर्वतले नियमित सेवाग्राहीलाई सास्ती दिएको छ । समस्याका चाङ देखाउँदै कार्यालयले ५ दिनसम्म धाउँदा जग्गा नामसारी लगायत अन्य काममा ढिलासुस्ती गरेको हो ।

पर्वत जलजला बनौंका मनबहादुर फगामीले नागरिक वडापत्रमा १ दिनमै हुने लेखिए पनि २२ किलोमिटर पार गरी मालपोतमा आउँदा जाँदामात्र १० हजार खर्च भएको सुनाए । तत्कालै हुने काममा पनि मालपोत कार्यालयले १७÷१७ दिन पीडा दिएकोमा दुख व्यक्त ठाउँ नै नभएको मनबहादुर गुनासो गर्छन् ।

Advertisement

करिब ३० जना नियमित सेवाग्राही आउने मालपोल कार्यालयमा सरोखोलमा अमृत क्षेत्री र बनौकै प्रकाश पुनले समयमा सेवा नपाएको बताउँछन् । कार्यालय प्रमुख मुकुन्द लामिछाने भने कर्मचारीको अभावले यस्तो भएको बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया