लायन्स फेवाको सहयोग गुल्मीमा

समाधान संवाददाता २०७६ साउन १५ गते १२:४९

समाधान सम्वाददाता
पोखरा

लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले गुल्मी जिल्ला सत्यवती गाउँपालिका लिम्घा र लुम्पेक गाउँका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

५५ हजार १ सय रुपैयाँ गुल्मी पोखरा सम्पर्क समाजका अध्यक्ष नेत्र ज्ञवालीलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ का डिस्ट्रिक एडभाइजर परमेश्वर बरालले हस्तान्तरण गरेका थिए ।

Advertisement

क्लबका अध्यक्ष विष्णुप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक धर्मदत्त शर्माले धन्यवाद ज्ञापन गरेका थिए । समाजले गुल्मीका बाढीपडितलाई पूर्ण सहयोग गर्ने बताएको छ । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष लगायत सदस्यले सहयोग गरेको क्लबका सचिव जनार्दन सुवेदीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया