तनहुँ-चितवन जाेड्ने आर्क ब्रिज सञ्चालनमा
समाधान संवाददाता
२०७६ साउन १५ गते १६:१२

समाधान संवाददाता, मुग्लिन
पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन नारायणगढ सडक खण्डस्थित तनहुँ– चितवन जोड्ने आर्क ब्रिज सञ्चालनमा आएको छ ।
आर्क ब्रिजको सम्पुर्ण निर्माण काम सकिए लगत्तै सोमबारबाट सञ्चालनमा भएको हो । आर्थिक वर्ष २०७०/७१ सालमा ठेक्का प्रक्रिया गरी निर्माण दिइएको काम जेठसम्म सम्पन्न हुने लक्ष्य राखिएको थियो ।
तर जेठमा कालोपत्रे र पेन्टीङ्गको काम बाँकी भएपछि ब्रिज सञ्चालनमा आउन सकेको थिएन । काम सम्पन्न भएलगत्तै आर्क ब्रिज सञ्चालनमा आएको पुल योजना मध्ये क्षेत्र सेक्टर नम्बर दुई ललितपुर योजना प्रमुख अंगलाल रोकायाले बताए ।
१६० मिटर लम्बाई र ११ मिटर चौडाईमा बनेको सो पुल दुई लेनमा बनेको छ । उक्त पुल १२ करोड लागतमा बनेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया