मंसिर १४ गते उपनिर्वाचन गर्न सरकारसँग निर्वाचन आयाेगकाे सिफारिस

समाधान संवाददाता, काठमाडौं
कास्की २ सहित रिक्त निर्वाचन क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस गरिएको जानकारी दिए ।
आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह ३ वटै तहमा रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचनका लागि सरकारलाई सुझाएको हो ।
यसअघि प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा उपनिर्वाचनका लागि उपयुक्त मिति सिफारिस गर्न भनेकाले मंसिर १४ गते उपयुक्त ठानिएको थपलियाले बताए । राजनीतिक दलहरुसँगको सहमतिमा मन्त्रिपरिषदले उपनिर्वाचनको मिति तय गर्नेछ ।
निर्वाचन आयोगको विवरण अनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ । कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको छ ।
बाग्लुङ २ ख बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ख बाट निर्वाचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ख बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि उक्त नगरपालिका प्रमुखविहीन छ भने ३ वटा गाउँपालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै हुनुपर्नेछ । एक ठाउँमा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।
स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ । सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया