‘ब्रेन ट्यूमर’ पीडितलाई आर्थिक सहयोग

रामकृष्ण लामिछाने
पर्वत
फलेवास नगरपालिका ७ लिमिठनाका ब्रेन ट्यूमर पीडित जगदीश शर्मालाई पर्वत समाज कतारले उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग गरको छ ।
३७ बर्षिय ब्रेन ट्यूमर पीडित जगदीश शर्माका दाजु रमाकान्त पौडेललाई समाजका आर्थिक संयोजक लेखनाथ रिमाल,पूर्वउपाध्यक्ष धन सुनवार‘खाती’ ले कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीको रोहोवरमा प्रदान गरेका हुन् । समाजले ३६ हजार १ सय ७० रुपयाँ सहयोग प्रदान गरिएको हो ।
आर्थिक अवस्थाले कमजोर जग्दीश रकम नभएकै कारण थला पर्दै गएपछि उनको उपचार सहयोगका लागि कतारमा रोजगारको शिलशिलामा रहेका पवर्तेलीले रकम जुटाएका हुन् । समाजले समय समयमा यस्तै पिडितहरुको उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।
रमक हस्तान्तरण पछि बोल्दै मेयर रामचन्द्र जोशीले तपाईहरुको सानो सहयोगले कसैको ज्यान बाँच्छ भने कृपया सकेजति सहयोग गर्न भनेर अनुरोध गरेका थिए । उनले पर्वत समाज कतार सगं समन्वय गर्दै कुस्मा नगरपालिका यस्तै सामाजिक कार्यमा लाग्न चाहाएको बताए । साथै,उनले विश्वका जुन सुकै कुनामा रहेर पनि एक नेपालीले अर्को नेपाली दुःखमा रहँदा सहयागे गर्ने संस्कारको बिकास भएको भन्दै प्रसंसा गरेका छन् ।
ब्रेन ट्यूमर पीडित जगदीश शर्मा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा अप्रेशन पश्चात केहिदिन पहिला घरमा आराम गरिरहेका छन् । उनी हरेक महिना फ्लोअफमा अस्पतालमा जानुपर्ने बाध्यता छ । उनका २ छोरी र १ छोरा छन् ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया