मुक्तिनाथको आकर्षक सुविधा ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनु होस् नगद फिर्ता’

समाधान संवाददाता २०७६ साउन १७ गते १४:५३

समाधान संवाददाता, पोखरा

मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आकर्षक योजना ल्याएको जनाएको छ । बैंकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउन्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी किन्नकालागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्ने योजना ल्याएको हो ।

बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनु होस् नगद फिर्ता’ भन्ने नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । आवासकर्जा आकर्षक ब्याजदरमा २० वर्षको लागि लिन सकिनेछ बैंकले जनाएको छ ।

Advertisement

बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्मको कर्जा १ वर्षकालागि लिन सकिनेछ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम र ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।

Advertisement

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया