मुक्तिनाथको आकर्षक सुविधा ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनु होस् नगद फिर्ता’

समाधान संवाददाता, पोखरा
मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आकर्षक योजना ल्याएको जनाएको छ । बैंकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउन्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी किन्नकालागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्ने योजना ल्याएको हो ।
बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनु होस् नगद फिर्ता’ भन्ने नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । आवासकर्जा आकर्षक ब्याजदरमा २० वर्षको लागि लिन सकिनेछ बैंकले जनाएको छ ।
बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्मको कर्जा १ वर्षकालागि लिन सकिनेछ ।
मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम र ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया