गोरखामा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता
समाधान संवाददाता
२०७६ साउन १७ गते १५:०२

रासस, गाेरखा
गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा शुक्रबार बिहान गएको पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता भएका छन् ।
गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो ।
घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया