लेकसाइडमा रात्रिकालिन व्यवसाय–निर्देशिका र मापदण्ड माग

समाधान संवाददाता २०७६ साउन १९ गते १५:५५

समाधान संवाददाता

पर्यटकीय केन्द्र लेकसाइड २४ सै घन्टा खुला गर्ने वा नगर्ने भन्नेबारे व्यवसायीबीच तीब्र बहस चलिरहँदा पोखरा पर्यटन परिषद (पिटिसी) ले भने मध्यमार्गी विचार प्रकट गरेको छ । परिषदले रात्रिकालीन व्यवसाय निर्देशिका र मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गरिनुपर्ने धारणा राखेको छ ।

परिषद अध्यक्ष चिरञ्जीवी पोखरेलले हस्ताक्षर गरी जारी विज्ञप्तिमा रात्रिकालीन व्यवसाय निर्देशिका बन्दै गरेकोसमेत उल्लेख छ । केही होटल व्यवसायी र स्थानीयले लेकसाइडका रेस्टुरेन्ट र बार ९ बजे नै बन्द गर्नुपर्ने मागसहित उच्च अदालत पोखरामा रिट हालेका थिए । त्यसपछि व्यवसायीहरु दिनदिनै छलफलमा जुटिरहेका छन् । त्यसैक्रममा परिषदले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी धारणा सार्वजनिक गरेको हो । परिषदमा आवद्ध सबै संघसंस्था उक्त धारणामा एकमत रहेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र लगायत होटल व्यवसायी डान्स बार, क्याबिन रेन्टुरेन्ट, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्द गराउनुपर्ने आसयको मागसहित अदालत पुगेका छन् । ४२ जनाले रिट दायर गरेका हुन् । रात्रिकालीन व्यवसायविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ । छलफल गर्न अदालतले दुवै पक्षलाई सोमबार बोलाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया