भाट समाज पोखरा इकाइमा विमला

समाधान संवाददाता २०७६ साउन १९ गते १६:०९

समाधान संवाददाता

भाट समाज नेपाल पोखरा इकाइको प्रथम साधारण सभा तथा अधिवेशनले विमला रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा निरु रानाभाट, सचिव कल्पना भट्टराई भाट, कोषाध्यक्ष सम्झना रानाभाट (क), सहसचिव विद्या बराल रानाभाट छन् । सदस्यहरु वेलकुमारी रानाभाट, राममाया रानाभाट, मानकुमारी महत भाट, रीता शाक्य भाट, सम्झना रानाभाट र मञ्जु रानाभाट चयन भए ।

अधिवेशनबाट सल्लाहकारमा तोयबहादुर भट्टराई भाट, मीनबहादुर रानाभाट, चम्पा रानाभाट, कृष्णबहादुर रानाभाट, बुद्धिबहादुर रानाभाट, यमबहादुर रानाभाट, बलबहादुर रानाभाट, हरिबहादुर भाट, असफल गौतम भाट चयन भएका छन् ।

Advertisement

कार्यक्रममा भाट समाजका केन्द्रीय सदस्य श्रीबहादुर रानाभाट, क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर रानाभाट, संस्थापक क्षेत्रीय अध्यक्ष तोयबहादुर भट्टराई भाट, पवित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवबहादुर रानाभाट लगायतले बोलेका थिए ।

पोखरा महानगरपालिकाभित्र बसोबास गर्ने तर समाजको कुनै पनि इकाइको सदस्यता नलिएका रानाभाट तथा भाट बन्धुहरुलाई एकीकृत गर्न कास्की जिल्लामा पोखरा इकाइ गठन गरिएको संस्थापक क्षेत्रीय सहसचिव असफल गौतम रानाभाटले बताए ।

Advertisement

भाट समाज तदर्थ समिति अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बुद्धिबहादुर रानाभाटले गरेका थिए भने स्वागत सम्झना रानाभाटले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया