चितुवाको आक्रमणबाट घाइते

समाधान संवाददाता २०७६ साउन १९ गते १६:१२

रामकृष्ण लामिछाने

पर्वतको मोदीगाउँपालिका २ देउपुरस्थित पातीचौरमा चितुवाको आक्रमणबाट १ व्यक्ति घाईते भएका छन् ।

शुक्रबार दिउँसो साढे ३ बजे चितुवा आक्रमणमा परी ३५ वर्षीय खुम राना घाइते भएका छन् । उनको खुट्टा, हात र टाउकोमा टोकेर चितुवाले गम्भीर घाइते बनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेकोे छ ।

Advertisement

निर्माणाधीन घरभित्र चितुवा पसेको देखेपछि धपाउन गएका रानालाई चितुवाले आक्रमण गरेको स्थानीय समीर मल्लले बताए ।

आक्रमणपछि स्थानीयले लखेट्ने क्रममा चितुवा पनि घाइते भएको छ । घाइते चितुवालाई प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालयमार्फत वनकार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

Advertisement

जिल्ला वन कार्यालय पर्वतले घाइते चितुवाको उपचार भइरहेको जनाएको छ । उक्त चितुवा बस्तीभन्दा माथिको जंगलबाट गाउँमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया