विप्लव समूहका २ कार्यकर्ता पक्राउ

समाधान संवाददाता २०७६ साउन १९ गते १६:२९

समाधान सम्वाददाता

नेत्रविक्रम चन्द (विप्लव) समूहका २ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी ३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका २ का ३६ वर्षीय धनबहादुर राना छन् ।

उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले पुष्टि गरे । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया