वडाध्यक्षहरुको गुनासो ः हाम्रो त हैसियत नै भएन

समाधान संवाददाता २०७६ साउन १९ गते १६:४३

वडाध्यक्षहरुको गुनासो ः हाम्रो त हैसियत नै भएन
समाधान संवाददाता

वडाध्यक्षहरुको १ समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन् । शुक्रबार भएको भेटको क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भए पनि सरकारले आपूुहरुलाई मर्यादामा समावेश नगरेको भन्दै ‘हाम्रो हैसियत के हो?’ प्रश्नसमेत गरेका थिए ।

गृह मन्त्रालयको मर्यादाक्रममा वडाध्यक्ष र सदस्यको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही पनि उल्लेख छैन । उनीहरुले वडासदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यावहारिक कठिनाई देखिएको विषयसमेत मुख्यमन्त्री गुरुङसमक्ष राखेका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडाध्यक्षहरुको भनाइ छ । मुख्यमन्त्री गुरुङ नयाँ मर्यादाक्रममा वडाध्यक्षहरुलाई अन्याय भएको भन्दै वडाध्यक्षको पक्षमा देखिए । वडाध्यक्षमात्र नभएर प्रदेश नीति तथा योजना आयोग लगायत अन्य सरकारी निकायबारे नै मर्यादाक्रम बेखबर रहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेशले संघ सरकारसँग आफूले यसबारेमा कुरा उठाइरहेको बताउँदै गुरुङले यो अवास्था चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । जनप्रतिनिधिले पनि आफ्नो मर्यादामा आ“च आउने काम गर्न नहुनेमा उनले सचेत गराए ।

Advertisement

भेटका क्रममा वडाध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकाले विकासको काम गर्न कठिनाई भइरहेको समेत बताए । बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडाध्यक्षहरुको समूहले शुक्रबार मुख्यमन्त्रीसंँग भेट गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया