एक्सेसले न्युजिल्यान्ड एड्मिसन सेसन गर्ने

समाधान संवाददाता २०७६ साउन १९ गते १६:५०

समाधान सम्वाददाता

एक्सेस एजुकेसन नेटवर्कले न्युजिल्यान्ड पढ्न जान चाहने विद्यार्थी लक्ष्य गरी आउँदो २६ गते आइतबार एड्मिसन सेसन सञ्चालन गर्ने भएको छ । सेसन एक्सेसको कार्यालय रहेको सिद्धार्थचोकस्थित रुपाकोट कम्प्लेक्सको दोस्रो र तेस्रो तलामा सञ्चालन हुनेछ ।

बिहान १० देखि बेलुका ४ बजेसम्म चल्ने सेसनमा न्युजिल्यान्ड सरकारले पहिलो र दोस्रो वर्गमा राखेका गरेका १० भन्दा बढी सरकारी तथा निजी कलेजका प्रतिनिधि आउनेछन् । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई १४ वर्षदेखि शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सिसले पछिल्लो समय न्युजिल्यान्डलाई प्रमुख गन्तव्यका रुपमा विद्यार्थीलाई सेवा दिँदै आएको छ ।

Advertisement

सेसनमा स्पोट एसिस्मेन्ट (न्युजिल्यान्ड अध्ययनका लागि योग्य छ कि छैन भन्ने विषयमा) सम्बन्धित कलेजका प्रतिनिधिले तत्कालै जानकारी दिनेछन् । न्युजिल्यान्ड अध्ययनमा जान आइइएलटिएसमा ५ दशमलव ५ र कुनै पनि विश्वविद्यालयबाट ४० प्रतिशतभन्दा माथि अंक ल्याएर उत्तीर्ण भएको हुनुपर्ने एक्सेस एजुकेसन नेटवर्क पोखरा शाखाका प्रबन्ध निर्देशक राजन भण्डारीले जानकारी दिए ।

अस्ट्रेलिया र अन्य युरोपेली मुलकमा अध्ययनका लागि जान समस्या हँुदै गएको पछिल्लो अवस्थाले गर्दा पनि न्युजिल्यान्डमा विद्यार्थीको आकर्षण बढेको एक्सिस पोखरा शाखा प्रमुख भण्डारीले जानकारी दिए । उनले भने, ‘न्युजिल्यान्ड सरकारले सन् २०१८ को नोभेम्बरदेखि पढाइ पछाडि काम गर्न पाउने समय थप गरी अधिकतम ३ वर्ष बनाएका कारण पनि न्युजिल्यान्डमा विद्यार्थीको आकर्षण बढी छ ।’

Advertisement

तपाईको प्रतिक्रिया