लागुऔषधसहित भारतीय नागरिक पक्राउ
समाधान संवाददाता
२०७६ साउन २० गते १२:२६
समाधान संवाददाता, पर्सा
वीरगन्ज आउँदै गरेका भारतीय नागरिकबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
पक्राउ पर्नेमा बिहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायतका २० वर्षीय महन्थ राम रहेका छन् । उनलाई प्रहरीले साेमबार बिहान वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट पक्राउ गरेकाे हाे ।
उनको साथबाट नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया