त्रिभुवन विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ पक्राउ

समाधान संवाददाता २०७६ साउन २० गते १२:३९

समाधान संवाददाता, काठमाडाैं

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  

आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

Advertisement

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए । भन्सार कार्यालयको एक्सरे मेसिनले चेक गर्दा शंकाष्पद देखिएपछि लीलाई नियन्त्रणमा लिएर राति नै सुनको ल्याब टेस्ट गर्न पठाइएकाे र उनले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि लीलाई प्रहरीको जिम्मा लगाइएकाे ठाकुरले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया